birat ribon

सोमपाल आवद्ध मराठा अरेबियन्सको विजयी सुरुआत

Neuro
सोमपाल आवद्ध मराठा अरेबियन्सको विजयी सुरुआत

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामीको मराठा अरेबियन्सले बिहीबार अबुधाबी टी–टेनमा विजयी सुरुआत लिएको छ । बिहीबार आबुधाबीमा मराठाले साविक विजेता अरेबियन्सलाई पाँच विकेटले हराएको हो ।

Padelux insider
cura insider

यसँगै सोमपालले प्रतियोगितामा डेब्यु गरे र उनको प्रदर्शन सामान्य रह्यो । पहिले ब्याटिङ गरेको नर्थन वारियर्सले १० ओभरमा दुई विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । सोमपाल भने विकेटविहीन रहे ।

उनले दुई ओभरमा २८ रन खर्चिए । उनले विपक्षी कप्तान निकोलस पुरनको क्याच भने थिए । माराठाले जवाफमा १० ओभरमा पाँच विकेट गुमाएर १ सय ३१ रन बनायो र जित आफ्नो नाममा लेखायो । त्यसमा सोमपालले ब्याटिङ गर्नु परेन ।

jackson ribon