विराटनगर । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को युरोपेली शाखाले बिहीबार युरोपमा भाइरस नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध कम गर्न अझै निकै हतार हुने बताएको छ ।
डब्ल्युएचओका युरोपका क्षेत्रीय निर्देशक हान्स क्लुगले डब्ल्यूएचओ युरोपेली क्षेत्रका ५३ देशमध्ये जनाले ३० मुलुकमा विगत १४ दिनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा उल्लेखनीय ह्रास आएको तर अझैपनि यहाँको सङ्क्रमण दर धेरै रहेको बताए ।
‘कोभिड–१९ सङ्क्रमण दर युरोपभरि अझै उच्च छ जसका कारण यूरोपेली मुलुकहरूको स्वास्थ्य प्रणालीलाई महामारीले प्रभावित पार्नसक्छ र सेवाहरूलाई तनावपूर्ण बनाउन सक्छ । त्यसैले सङ्क्रमणका नियन्त्रणका लागि लगाइएका प्रतिबन्धलाई सहज बनाईहाल्नु गलत हुनसक्छ’, उनले भने ।