birat ribon

कोरोनाविरुद्धको खोपबाट पर्यटनले गति लिने विश्वास

Neuro
कोरोनाविरुद्धको खोपबाट पर्यटनले गति लिने विश्वास

पोखरा/नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएसँगै पर्यटन क्षेत्रमा चहलपहल बढ्ने विश्वास लिइएको छ । नेपालमा अहिले पहिलो चरणको खोप अभियान सञ्चालन भएपछि सर्वराधारणसँगै पर्यटन व्यवसायी उत्साही भएका छन् ।

Padelux insider
cura insider

कोभिड–१९ ले सबैभन्दा नराम्रो असर पारेको पर्यटन क्षेत्रमा खोप कार्यक्रम शुभारम्भपश्चात् यस क्षेत्रमा पर्यटक आवागमन बढोत्तरी आउने विश्वास पर्यटन व्यवसायीको छ ।

आन्तरिक पर्यटन पुनरुत्थान समितिका संयोजक अग्नि कँडेलले कोभिड–१९ का कारण लामो समयदेखि व्यवसाय ठप्प हुँदा आर्थिक र मानसिक समस्या झेलिरहेका व्यवसायीमा खोप कार्यक्रम शुरुपश्चात् एक प्रकारको उत्साह देखिएको बताए । ‘कोरोना सङ्क्रमण देखापरेको सुरुका दिन निकै तनावपूर्ण रहे,’ उनले भने, ‘यस्तो अवस्थामा खोप अभियान सुरु हुनु निकै सकारात्मक हो ।’ उनले खोपले यस क्षेत्रमा पर्यटन चलायमान हुने आशा जगाएको बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले नेपालमा यति छिटो खोप ल्याएर अग्रपङ्क्तिमा खटिएकालाई प्राथमिकता दिनु सरकारको निकै सकारात्मक कार्य भएको बताए । ‘नेपालजस्तो मुलुकमा पनि यति छिटो खोप आएर लगाउनु निकै सकारात्मक कार्य हो,’ भट्टराईले भने । उनले अब सरकारले पर्यटन क्षेत्रलाई पनि प्राथमिकतामा राखेर खोप दिनुपर्ने सुझाव दिए ।

पर्यटन क्षेत्रमा खर्बौंको लगानी भएकाले बाह्य पर्यटक ल्याउन पनि सरकारले पर्यटनमैत्री वातावरणमा पहल गर्नुपर्ने उनको भनाइ छ । ‘अब खोप आइसक्यो खोप लगाएका पर्यटकलाई ‘अन अराइभल भिसा’ दिनुपर्छ । पिसिआर रिपोर्ट पनि २४ घण्टामा आउने व्यवस्था सरकारले गर्नुपर्छ,’ उनले भने । उनले अहिले पनि धेरै विदेशी पर्यटक नेपाल आउन खोजिरहे पनि सरकारको झण्झटिलो नीतिले पर्यटकले बुकिङ रद्द गर्ने गरेको गुनासो पोखे ।

पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले पनि सरकारले खोप कार्यक्रम सुरु गरेकोमा प्रशंसा गरे । ‘यो निकै सकारात्मक कार्य हो, अब यसलाई छिटोभन्दा छिटो सबैको पहुँचमा पु¥याउन सरकारले तदारुकता देखाउनुर्छ,’ उनले भने । उनले कोरोनापछिको अवस्थालाई दृष्टिगत गरी पर्यटनमैत्री वातावरणमा सरकारले ध्यान दिएर विदेशी पर्यटक ल्याउन पहल गर्नुपर्ने बताए ।

गण्डकी प्रदेश सरकारले कोभिड–१९ खोप अभियानअन्तर्गत पहिलो चरणमा स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, अस्पतालका फोहरमैला व्यवस्थापनमा खटिने कर्मचारीलाई प्राथमिकतामा राखेर १७ हजार ६ सय ३० जनालाई कोभिशिल्ड खोप दिइने जनाएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालका अनुसार प्रदेशका ११ वटै जिल्लास्थित जिल्ला अस्पतालमा माघ १८ गतेसम्म पाँच दिन पहिलो चरणको खोप कार्यक्रम सञ्चालन हुनेछ । रासस

jackson ribon