birat ribon

स्वास्थ्य मन्त्रालयले भन्यो : खोप लगाएका व्यक्तिमा कुनै पनि स्वास्थ्य समस्या छैन

Neuro
स्वास्थ्य मन्त्रालयले भन्यो : खोप लगाएका व्यक्तिमा कुनै पनि स्वास्थ्य समस्या छैन

विराटनगर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाएका कुनै पनि मानिसमा स्वास्थ्य समस्या नदेखिएको स्पष्ट पारेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आजसम्म खोप लगाएका व्यक्तिहरूमध्ये कुनै पनि व्यक्तिमा स्वास्थ्य समस्या नदेखिएको बताएका हुन् ।

Padelux insider
cura insider

यसैगरी मन्त्रालयले बिहीबार साँझ पाँच बजेसम्ममा नेपालमा जम्मा २८ हजार सात सय ३२ व्यक्तिले खोप लगाएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा तीन हजार आठ सय ४७, प्रदेश २ मा दुई हजार एक सय ७४, वागमती प्रदेशमा ११ हजार हजार चार सय ६१, गण्डकीमा चार हजार आठ सय ५३ जनाले खोप लगाएका छन् ।

यसैगरी लुम्बिनी प्रदेशनमा दुई हजार तीन सय तीन जनाले खोप पाएका छन् भने कर्णालीमा एक हजार छ सय ७७ तथा सुदूरपश्चिममा दुई हजार चार सय १७ जनाले खोप प्राप्त गरेको मन्त्रालयले जनाएको छ ।

jackson ribon