birat ribon

निर्वाचनका लागि गतिशील भएर लाग्न कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन

Neuro
निर्वाचनका लागि गतिशील भएर लाग्न कार्यकर्तालाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाखको निर्वाचनको निम्ति सजग र गतिशील भएर लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । बिहीबार आफू निकट नेपाल ट्रेड युनियन महासङ्घको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।

Padelux insider
cura insider

बाँकी रहेको तीन महिना राष्ट्रलाई कता लाने भन्ने जीवन–मरणको सङ्घर्ष भएकाले यस अवधिमा बढी काम र बढी अभियान लिएर जानुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश नं. २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा चुनाव गर्ने र दोस्रो चरणमा प्रदेश नं. १, वागमति प्रदेश र कर्णाली प्रदेशमा चुनाव गराउने गरी छलफल भइरहेको पनि बताए ।

प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ जानबाट रोकेको उनको दाबी छ । पार्टीमा शुद्धीकरण अभियान चलेको बताउँदै उनले पार्टीको विकृति, विसङ्गति, अराजकता, अनुशासनहिनता र स्वार्थी प्रवृति किनारा लागेको बताए ।

jackson ribon