birat ribon

प्रधानमन्त्री ओली, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई लिखित जवाफसहित अदालत उपस्थित हुन सर्वोच्चको आदेश

Neuro
प्रधानमन्त्री ओली, चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई लिखित जवाफसहित अदालत उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपहेलना मुद्दामा लिखित जवाफसहित अदालतमा हाजिर हुन बिहीबार सर्वोच्च अदालतले आदेश दिएको छ ।

Padelux insider
cura insider

अदालतको अपहेलना गरेको भन्दै प्रधानमन्त्री ओलीका विरुद्ध सर्वोच्चमा परेको रिटउपर प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएका थिए ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अवहेलनामा किन कारबाही हुनु नपर्ने हो ? भनी लिखित जवाफसहित आफैं उपस्थित हुन प्रधानमन्त्रीलाई आदेश दिएको छ ।

त्यसैगरी, बिहीबारै अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले चार जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखसँग पनि लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश शर्माकै एकल इजलासले पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई सात दिनभित्र आफैँ लिखित जवाफ लिएर अदालतमा हाजिर हुन आदेश दिएको हो ।

पूर्वप्रधानन्यायाधीशहरुविरुद्ध अधिवक्ता धनजीत बस्नेत र लोचन भट्टराईले छुट्टाछुट्टै अवहेलनाको मुद्दा दर्ता गराएका थिए । त्यस्तै पूर्वसभामुख ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरेले मुद्दा दर्ता गरेका थिए ।
पूर्वप्रधानन्यायाधीशले संसद् विघटन असंवैधानिक भन्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए । भने पूर्वसभामुख ढुंगानाले सडकबाट न्यायाधीश तान्ने दिन नआओस् भनी टिप्पणी गरेका थिए ।
पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखको टिप्पणीले अदालतमा विचाराधीन संसद विघटनसम्बन्धी मुद्दा प्रभावित गर्न खोजेको निवेदकको जिकिर थियो ।

jackson ribon