birat ribon

आज दुई सय १३ कोरोना सङ्क्रमित थपिए

Neuro
आज दुई सय १३ कोरोना सङ्क्रमित थपिए

विराटनगर । देशभर बिहीबार दुई सय १३ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप दुई सय १३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

Padelux insider
cura insider

यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७० हजार पाँच सय ९९ पुगेको छ ।

नेपालमा आज थप दुई सय ९६ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६५ हजार तीन ६५ पुगेको छ ।

हाल तीन हजार दुई सय तीन जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार २० रहेको छ । बिहीबार कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

jackson ribon