birat ribon

विवादमा रोनाल्डो

Neuro
विवादमा रोनाल्डो

विराटनगर । इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो विवादमा मुछिएका छन् । नियमविपरीत सीमा पार गरी आधिकारिक रूपमा बन्द गरिएको होटलमा दुई दिन बिताएपछि पोर्चुगिज स्टार रोनाल्डो विवादमा मुछिएका हुन् ।

Padelux insider
cura insider

अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार कोपा इटालियाअन्तर्गत एसपिएएलसँगको खेलमा अनुपस्थित रहेका रोनाल्डो हिउँ खेल्नका लागि सरकारले बन्द गरेको होटलमा दुई दिन बास बसेका थिए ।

इटालियन पत्रिकाले कोरोना महामारीको नियम लतार्दै रोनाल्डो र जर्जिना रोड्रिग्वेज जन्मदिन मनाउन त्यहाँ पुगेका थिए । जर्जिनाको २७औं जन्मदिन मनाउन पाइडमन्ट र भाल्ले डी–अकोस्टाबीचको सीमा पार गर्दै परिवारसहित रोनाल्डो त्यहाँ पुगेका थिए ।

सोही कारण रोनाल्डोले कोपा इटालियाअन्तर्गत एसपिएएलसँको खेल खेलेका थिएनन् । जुन खेलमा युभेन्टसले ४–० गोलको शानदार जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

रोनाल्डोले भाल भेनी क्षेत्रमा दुई दिन बिताएका थिए । उनीहरू सरकारले बन्द गराएको सीमा क्षत्रेको होटलमा बसेका थिए । रोनाल्डो र जर्जिनाले स्नोमोबाइल कुदाएका थिए जुन भिडियो सामाजिक सञ्जालबाट बाहिरिएको थियो ।

त्यसपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनीहरूको आलोचना गरेका थिए । यस्तै सरकारद्वारा बन्द गरिएको होटलमा बसेको भन्दै यस विषमा विवाद उठिरहेकाे सञ्चारमाध्यमले जनाएका छन् ।

jackson ribon