birat ribon

आज पनि प्रचण्ड–माधव समूहको माइतीघरमा धर्ना

Neuro
आज पनि प्रचण्ड–माधव समूहको माइतीघरमा धर्ना

काठमाडौँ/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले आज (बिहीबार) पनि माइतीघर मण्डलामा संसद् विघटनको विरोधमा धर्ना दिएको छ । नेकपा प्रचण्ड–माधव समूहले संसद् विघटनको विरोधमा प्रत्येक दिन दुई घण्टा काठमाडौंको माइतीघरमा धर्ना दिने कार्यक्रम तय गरेअनुसार आज दोस्रो दिन पनि धर्ना दिएको हो ।

Padelux insider
cura insider

संविधान, सङ्घीयता, गणतन्त्र र जनमतको रक्षाका लागि धर्ना कार्यक्रमको आयोजना गरिएको प्रचण्ड–माधव समूहले बताएको छ । धर्नामा सहभागी नेताहरूले धर्ना कार्यक्रम साङ्केतिक आन्दोलन भएको बताएका छन् । सात दशक लगाएर दसौँ हजारको वलिदानबाट निर्मित संविधानलाई उलङ्घन गर्ने काम भएकाले त्यसको विरोधमा धर्ना बसेको सहभागी नेताहरूले बताए ।

धर्नामा सहभागीहरूले ‘संसद् विघटन गर्न पाइँदैन, निरङ्कुशतन्त्र चाहिँदैन’, ‘संविधानको रक्षा गरौँ, राष्ट्रियताको रक्षा गरौँ’, ‘प्रतिनिधिसभाको असंवैधानिक विघटन खारेज गर’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए । धर्नामा विघटित प्रतिनिधिसभाका सांसद, प्रदेशसभा सदस्य, संविधानसभाका सभासद्लगायतको उपस्थिति रहेको थियो । धर्ना कार्यक्रम माघ २१ गतेसम्म चल्नेछ ।

jackson ribon