birat ribon

विराटनगरको मौसम : बिहान विमानस्थल खुल्दैन, दिउँसो उडान अवतरणको चाप

Neuro
विराटनगरको मौसम : बिहान विमानस्थल खुल्दैन, दिउँसो उडान अवतरणको चाप

विराटनगर/चिसोका कारण विराटनगर विमानस्थलमा विमान उडान र अपतरणमा चाप परेको छ । बिहान बाक्लो कुहिरो लाग्ने गरेका कारण उडान अवतरणमा चाप बढेको हो ।

Padelux insider
cura insider

विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलका अनुसार कुहिरोका कारण मङ्गलबार विराटनगर विमानस्थलमा उडान अवतरण भएन । बुधबार र बिहीबार दिउँसोमात्रै विमानस्थल खुल्दा चाप बढेको उनले बताए ।

विराटनगर विमानस्थलबाट दैनिक १४ वटा उडान अवतरण हुँदै आएको छ । कुहिरोका कारण मङ्गलबार सबै उडान क्यान्सिल भएका थिए । बुधबार र बिहीबार भने उडान–अवतरण जारी रहेको विमानस्थल प्रमुख पोखरेलले बताए ।

‘मङ्गलबार दिउँसो १ बजेबाट विमानस्थल खुल्यो । आज पनि त्यही समयबाट उडान अवतरण भइरहेको छ,’ उनले भने, ‘मौसम ढिलो खुल्दा उडान अवतरणमा चाप छ ।’

चाप भए पनि विमानको उडान अवतरणलाई व्यवस्थित गरिएको उनले बताए । उनका अनुसार बुधबार काठमाडौँ–विराटनगर दुईवटा फ्लाइट रद्द भएको थियो । साँझसम्म विमानस्थल खुला रहने भएकाले बिहीबार सबै फ्लाइट हुनसक्ने उनले बताए ।

jackson ribon