birat ribon

जापानले निर्माण गरेको बिपी राजमार्ग नेपाल सरकारलाई हस्तान्तरण

Neuro
जापानले निर्माण गरेको बिपी राजमार्ग नेपाल सरकारलाई हस्तान्तरण

काठमाडौँ/जापान सरकारले निर्माण गरेको बिपी राजमार्ग भूकम्पपछिको पुनर्निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण भएको छ ।

cura insider

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार आयोजित भर्चुअल कार्यक्रममार्फत् जापानले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माण गत महिना सम्पन्न भएपछि जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको बताए । नेपालको उर्जा, यातायात, खानेपानी तथा सरसफाइ, शिक्षा, स्वास्थ्य, शान्ति स्थापना र कृषि क्षेत्रमा जापान सरकारको महत्वपूर्ण योगदान रहेको नेम्बाङले बताए ।

मन्त्री नेम्बाङले नेपालको विकासमा जापानको सहयोगको प्रशंसासमेत गरे । जापानले नेपालको पूर्वाधार क्षेत्रमा गरेको सहयोग देशको विकासका लागि कोशेढुङ्गा भएको पनि बताए । आगामी दिनमा पनि जापान सरकारले सडक पूर्वाधार निर्माणमा सहयोग जारी राख्ने विश्वाससमेत व्यक्त गरे ।

देशको केन्द्रीय राजधानीलाई पूर्वी तराईसँग जोड्ने एक सय ६० किलोमिटर लामो बिपी राजमार्ग जापानले सन् १९९६ मा निर्माण सुरु गरी सन् २०१५ मार्चमा सम्पन्न गरेर नेपाललाई हस्तान्तरण गरेको थियो । तर हस्तान्तरण गरेको दुई महिना नबित्दै २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको थियो ।

त्यसपछि पनि जापानले बिपी राजमार्गको पुनर्निर्माणको जिम्मा लिँदै सन् २०१९ जुलाई ३ देखि जापानी निर्माण कम्पनी हाजमा अन्डो कर्पोरेसनमार्फत काम सुरु गरेको थियो । करिब १८ महिना अर्थात् सन् २०२१ जनवरी १८ मा बिपी राजमार्गको पुनर्निर्माण सम्पन्न गरी जापानले बिहीबार नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

jackson ribon