birat ribon

पार्टी एकता असम्भव छैन : योगेश भट्टराई

Neuro
पार्टी एकता असम्भव छैन : योगेश भट्टराई

इलाम/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता योगेशकुमार भट्टराईले अझै पनि पार्टी एकता असम्भव नरहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना गल्ती स्वीकारे अझै पार्टी एक भएर अगाडि बढ्नसक्ने बताए ।

Padelux insider
cura insider

इलामको सदरमुकाममा आयोजित एक समारोहलाई सम्बोधन गर्दै नेता भट्टराईले अनेक प्रयत्नबाट एमाले र माओवादीबीच एकता सम्भव भएको स्मरण गर्दै त्यो एकतालाई बरकरार राख्न केपी शर्मा ओलीले आफ्ना गल्ती स्वीकार गर्नुपर्ने बताए ।

पूर्वमन्त्री भट्टराईले जनताको बहुदलीय जनवाद (जबज) को मुद्दालाई प्रधानमन्त्री ओलीले नै कुल्चिएको आरोप लगाउँदै कानुन मान्दा, लोकतान्त्रिक व्यवस्था स्वीकार्दा मात्रै जबज लागू हुने बताए । पार्टीबाट आफूलाई असहयोग भएको प्रधानमन्त्रीको भनाइ सही नभएको उनको टिप्पणी थियो । संसद्मा पेस गरिएका कुनै पनि नीति, कार्यक्रम र बजेटमा फरक मतसमेत नराखी पारित गरिराखेकामा प्रधानमन्त्रीले पार्टीको असहयोग भन्नु गलत भएको भट्टराईको धारणा थियो ।

नेता भट्टराईले संसद् पुनःस्थापना हुने कुरामा आफू विश्वस्त रहेको बताए । सबै क्षेत्रबाट आन्दोलनमा लागे आगामी फागुन १५ सम्म प्रतिनिधिसभा पुनःस्थापित हुने भट्टराईको जिकिर थियो । रासस

jackson ribon