birat ribon

पिएम कप : वागमतीलाई हराउँदै आर्मी फाइनलमा, उपाधिका लागि एपिएफसँग खेल्ने

Neuro
पिएम कप : वागमतीलाई हराउँदै आर्मी फाइनलमा, उपाधिका लागि एपिएफसँग खेल्ने

काठमाडौं । विभागीय क्लब त्रिभुवन आर्मी क्लबले काठमाडौंमा जारी प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा वागमती प्रदेशलाई ९४ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

Padelux insider
cura insider

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आर्मीले दिएको दुई सय ३० रनको लक्ष्य पछ्याएको वागमतीले ४० दशमलव २ ओभरमा अलआउट हुँदै एक सय ३५ रन मात्र बनाउन सक्यो ।

वागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्ले ४७ रन बनाए भने विपिन आचार्यले २३ रन जोडे । नन्दन यादवले २२ रन बनाउँदा अदिल खानले दस रन जोडे ।

आर्मीका जितेन्द्र मुखियाले चार विकेट लिँदा विक्रम सोब र शुसन भारीले समान तीन-तीन विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा अलआउट हुँदै दुई सय २९ रन बनाएको थियो । आर्मीका लागि राजेश पुलामीले ६५ रनको अर्धशतकीय इनिङ्स खेले भने भीम सार्कीले ४० रन तथा विक्रम सोबले ३५ रन बनाए ।

लोकेश बमले २३ रन जोड्दा सुशन भारीले १६ तथा कप्तान विनोद भण्डारीले १० रन बनाए ।

वागमतीका गौतम केसीले ५ विकेट लिए ।

Image

यससँगै आर्मीले फाइनलमा शसस्त्र प्रहरी बलको एपिएफसँग भेट पक्का गरेको छ । पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै एपिएफले फाइनलमा स्थान बनाएको हो ।

jackson ribon