birat ribon

कोइम्यानले गरे बार्सिलोनालाई जिताउन गोल गरेका डी योङको प्रशंसा

Neuro
कोइम्यानले गरे बार्सिलोनालाई जिताउन गोल गरेका डी योङको प्रशंसा

विराटनगर । बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोइम्यानले मिडफिल्डर फ्रेन्की डी योङको प्रशंसा गरेका छन् । कोपा डेल रेअन्तर्गत बुधबार राति बार्सिलोनालाई जिताउन एक गोल गरेका डी योङ आयाक्समा छँदाभन्दा पूर्ण खेलाडी भएको भन्दै कोइम्यानले उनको तारिफ गरेका हुन् ।

Padelux insider
cura insider

गए राति बार्सिलोनाले रायो भालेकानोलाई २–१ ले हराउँदै कोपा डेल रेको क्वार्टरफाइनलमा स्थान बनाएको थियो । भालेकानाको मैदान स्टेडियो डी भालेकासमा बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेस्सी र डी योङले समान एक–एक गोल गरेका थिए । भालेकानोका फ्रान गार्सियाले एक गोल गरे ।

खेलमा भालेकानोले सुरुआती अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६३औं मिनेटमा गार्सियाले गोल गर्दै भालेकानोलाई सुरुआती अग्रता दिलाए । ६९औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई बराबरीमा फर्काए । ८०औं मिनेटमा डी योङले गोल गर्दै बार्सिलोनाको जित सुश्चित गरेका हुन् ।

बार्सिलोनाको जित सुनिश्चित गरेका डी योङको तारिफ गर्दै कोइम्यानले भने, ‘हामीलाई उनको जरुरत छ । उनीजस्तो मिडफिल्डर चाहिन्छ । उनीसँग धेरैभन्दा धेरै प्राविधिक ज्ञान छ, जसको भरपुर प्रयोग उनी गर्छन् । रायो भालेकानोविरुद्ध पनि उनले त्यहीँ गरे । आयाक्समा छँदाभन्दा उनी यहाँ पूर्ण रूपमा खेलाडी भएका छन् ।’

‘आयाक्समा खेल्दाभन्दा उनी यहाँ आएर उत्कृष्ट बनेका छन् । उनले अझै धेरै मौका सिर्जना गर्न सक्छन् र अझ धेरै गोल गर्न सक्छन्’, उनले थपे ।

jackson ribon