birat ribon

महिला सञ्चारकर्मीलाई मानव अधिकार र पत्रकारिता तालिम

Neuro
महिला सञ्चारकर्मीलाई मानव अधिकार र पत्रकारिता तालिम

विराटनगर/राष्ट्रिय मानव अधिकार आयोग र सञ्चारिका समूह नेपालले यहाँ दुई दिने मानव अधिकार र पत्रकारिता तालिमको आयोजना गरेका छन् । ‘सबैका लागि घर–घरमा मानव अधिकार शान्ति र विकासको आधार’ भन्ने मूल नारासहित तालिम सञ्चालन गरिएको हो ।

Padelux insider
cura insider

तालिममा सुनसरी, मोरङ, झापा र भोजपुरका गरी ३२ पत्रकार महिलाको सहभागिता थियो । सो अवसरमा आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले सबैको अधिकार सुरक्षित हुने गरी समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै मानव अधिकार प्रवद्र्धनका लागि कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरे ।

आयोगका प्रदेश नं १ उपनिर्देशक नीतु गड्तौलाले मानव अधिकारमैत्री पत्रकारिता आजको आवश्यकता भएको उल्लेख गर्दै मानिसको जीवन, स्वतन्त्रता, समानता र मर्यादालाई ख्याल गरेर पत्रकारिता गर्नुपर्ने धारणा राखिन् । पत्रकार महिलाको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको उनको भनाइ थियो ।

jackson ribon