birat ribon

टोटनह्याम र लिभरपुल भिड्दै

Neuro
टोटनह्याम र लिभरपुल भिड्दै

विराटनगर । इङ्ग्लिस प्रिमियर लिगमा आज साविक विजेता लिभरपुल र टोटनह्याम हटस्परले एक–अर्काको सामना गर्दैछन् । टोटनह्यामको मैदानमा हुने उक्त खेल नेपाली समयानुसार राति १ः४५ बजे हुनेछ ।

Padelux insider
cura insider

टोटनह्याम हटस्पर स्टेडियममा हुने खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै शीर्ष चारमा उक्लिने दाउमा हुनेछन् । लिभरपुल ३४ अङ्कसहित पाँचौं स्थानमा छ भने ३३ अङ्क भएको टोटनह्याम छैटौं स्थानमा छ ।

टोटनह्यामले लिभरपुलभन्दा एक खेल बढी खेलेको छ । त्यसबाहेक यी दुवै क्लब शीर्ष क्लबविरुद्ध अङ्कदूरी घटाउने दाउमा हुनेछन् । हाल म्यानचेस्टर सिटी ४१ अङ्कका साथ शीर्ष स्थानमा छ भने ४० अङ्क भएको म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा छ ।

jackson ribon