काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबलमा स्याङ्जाको वालिङ नगरपालिकाले फराकिलो जित निकालेको छ । बिहीबार वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०–० गोलान्तरले हराएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा वालिङलाई जित दिलाउन विदेशी खेलाडी मिथो रुथले दोहोरो ह्याट्रिक गरिन् भने सम्झना शर्माले दुई तथा मनमाया दमाई र टौटा ओरेनेला नोइलीले समान एक–एक गोल गरिन् ।

जितसँगै वालिङले तीन खेलमा पाँच अङ्क जोडेको छ । चौदण्डी अङ्कविहीन छ ।
