birat ribon

ट्राफिक लाइट हस्तान्तरण

Neuro
ट्राफिक लाइट हस्तान्तरण

काठमाडौँ/काठमाडौँको गैह्रीधारा चोकमा सेमी पोर्टेबल ट्राफिक लाइटको प्रयोग गरिने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको सक्रियतामा सनराइज बैङ्क लिमिटेडले निर्माण गरेको सेमी पोर्टेबल ट्राफिक लाइट गैह्रीधारामा प्रयोग गरिने भएको हो ।

Padelux insider
cura insider

बिहीबार सनराइज बैङ्क लिमिटेडले एक कार्यक्रमबीच महानगरीय ट्राफिक प्रहरी महाशाखालाई सेमी पोर्टेबल ट्राफिक लाइट हस्तान्तरण गरेको छ । उक्त ट्राफिक लाइट गैह्रीधारा चोकमा राखिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

अबको सहर ट्राफिक प्रहरीले हात हल्लाएर मात्रै नचल्ने भन्दै उनले आगामी दिनमा महानगरलाई सभ्य सहर बनाउन प्रविधिको प्रयोगलाई बढाउने बताए । ट्राफिक लाइटले गैह्रीधारा चोकलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने उनले विश्वास व्यक्त गरे ।

सनराइज बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले बैङ्कको सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक लाइट निर्माण गरिएको बताए । यसले ट्राफिक नियमको पालना गराउन मद्दत पुग्ने तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याउने शर्माको भनाइ छ ।

पौडेलले अन्य सामाजिक कार्यमा पनि बैङ्कले हातेमालो गर्दै जाने प्रतिबद्धतासमेत जनाए ।

jackson ribon