birat ribon

‘नाग देवता’ भन्दै सर्पको पूजा

Neuro
‘नाग देवता’ भन्दै सर्पको पूजा

महोत्तरी/बलवा नगरपालिका–११ रौजा गाउँमा गोमन सर्पलाई नाग देवता भन्दै पूजा आराधना गर्न थालिएको छ । रौजाको एकै स्थानमा विगत १२ दिनदेखि गोमन सर्प देखिन थालेपछि त्यसलाई ‘नाग देवता’ भन्दै स्थानीयले पूजाआजा गर्दै आएका छन् ।

Padelux insider
cura insider

सो सर्पलाई स्थानीयले नाग देवता भन्दै पूजाआजा गर्न थालेको स्थानीय गुलाम साहले बताए । गाउँ नजिकैको वनछेउ सतलाल राउतको खेतमा रहेको दुलोबाट सधैँ दिउँसो १२ बजेपछि निस्कने र बेलुका ४ बजेतिर पुनः सोही दुलोभित्र पस्ने गरेको सो सर्पलाई वरपर छिमेकी गाउँबाट पनि हजाराँै मानिस हेर्न र पूजाआजा गर्नका लागि आउने गरेको स्थानीय जितेन्द्र मण्डलले जानकारी दिए ।

सो सर्प निस्कनेबित्तिकै चारैतिरबाट हेर्नेहरूले घेरिदिने र नजिकमा जाँदा पनि कसैलाई केही नगर्ने गरेको कारण सबैले त्यसलाई नाग देवता भन्दै पूजाआजा गर्न थालेको स्थानीय वीरेन्द्र यादवले बताए । सो सर्पलाई स्थानीयले कचौरामा दूध खान दिने गरेका छन् भने पूजाआजा गर्नेहरूले फूल, तुलसी, बेलपत्रलगायतका वस्तु र फलफूल पनि चढाउने गरेको स्थानीय बताउँछन् ।

सुरुसुरुमा वनमा घाँस काट्न गएका महिलाको एक समूहले सो सर्प देखेका थिए । तर सर्पले केही नगरेको बताएपछि महिलाले गाउँलेलाई सो कुरा सुनाएका थिए । त्यसै दिनदेखि आज १२औँ दिनसम्म दैनिकरूपमा सो सर्प निस्कने गरेको र स्थानीयसहित छिमेकी गाउँका व्यक्तिसमेत पूजाआजा गर्न घुइँचो लाग्ने गरेको छ ।

jackson ribon