birat ribon

चौँरी र भेडा पाल्ने किसानलाई ८० प्रतिशत अनुदान

Neuro
चौँरी र भेडा पाल्ने किसानलाई ८० प्रतिशत अनुदान

ताप्लेजुङ/सिदिङ्वा गाउँपालिकामा चौँरी र भेडा प्रवद्र्धन थालिएको छ । यसका लागि गाउँपालिकाले पशु व्यवसायीहरूलाई अनुदानसहित बिमाको व्यवस्था गर्दै आएको कृषि शाखा प्रमुख विकास थेबेले जानकारी दिए ।

Padelux insider
cura insider

उनका अनुसार सङ्घीय सरकाले भेडीगोठ प्रवद्र्धन कार्यक्रमअन्तर्गत ८० लाख रुपैयाँ विनियोजन गरेको छ । व्यावसायिक भेडापालक कृषकलाई ८० प्रतिशत अनुदान दिने योजना गाउँपालिकाले बनाएको छ । यसका लागि ४० माउ भेडा अनिवार्य हुनुपर्ने प्रावधान छ ।

भेडाको ऊनबाट तयार भएको राडीपाखी, कोट तथा विभिन्न सजावटका सामग्री तयारी गरी प्रवद्र्धन गर्ने योजना गाउँपालिकाले बनाएको छ ।

गत वर्ष गाउँपालिकाले २० लाख रुपैयाँको पशु बिमा कार्यक्रम सञ्चलान गरेको थियो । गाउँपालिकाका लेखा अधिकृत वीरेन्द्र सिग्देलले बिमा शुल्क एक हजार एकसयको प्रति पशु बिमा शुल्क गाउँपालिकाले तिरिदिएर पशु बिमा गरेको जानकारी दिए ।

अहिलेसम्म सात बिमा भुक्तानी भइसकेको र केही प्रक्रियामा रहेको कृषि शाखाले जनाएको छ । गाउँपालिकामा ६ भेडा फार्म र सात चौँरी फार्म दर्ता भएका छन् ।

jackson ribon