birat ribon

तोलामा सयले घट्यो सुनको मूल्य

Neuro
तोलामा सयले घट्यो सुनको मूल्य

काठमाडौँ/स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा झिनो गिरावट देखिएको छ । मङ्गलबारको तुलनामा बुधबार तोलामा नै सात सयले घटेको सुन आज भने तोलामा सय रुपैयाँले घटेको छ ।

Padelux insider
cura insider

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ९२ हजार मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार तोलामा ९२ हजार एक सयमा कारोवार भएको थियो । मङ्गलबार भने छापावाला सुन तोलामा ९२ हजार आठ सयमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा ९१ हजार पाँच सयमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन बुधबार तोलामा ९१ हजार छ सयमा कारोबार भएको थियो । त्यस्तै चाँदी तोलामा पाँचले घटेको छ । तोलामा बुधबार एक हजार दुई ५० मा कारोबार भएको चाँदी आज भने एक हजार दुई सय ४५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।

jackson ribon