birat ribon

जुम्लाका अग्निपीडितले पाए राहत

Neuro
जुम्लाका अग्निपीडितले पाए राहत

जुम्ला/जुम्लाका अग्निपीडितहरूलाई राहत प्रदान गरिएको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले आज अग्निपीडितलाई राहत वितरण गरेका हुन् ।

Padelux insider
cura insider

मन्त्री भण्डारी राहतसहित तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा पुगेका थिए । मन्त्री भण्डारीसँगै कर्णाली प्रदेशसभा सदस्यद्वय पदमबहादुर रोकाया र दीनबन्धु श्रेष्ठ, तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा र सोही गाउँका अगुवा मोतिलाल बोहोरा पनि घटनास्थल पुगी पीडितलाई राहत वितरण गरेका थिए ।

जाडोको समय र समुद्री सतहदेखि करिब तीन हजार मिटर उचाइमा पर्ने गोठीगाउँबासीका लागि ८९ थान न्यानो कम्बल, सात रोल पि–फर्म, नौ क्वीन्टल चामल, दुई बोरा नुन, सात पेटी तेल, १५० केजी दाल, २० केजी खुर्सानी बेसार र २८ सेट भाँडाकुडा राहत पठाइएको कानुन मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले जानकारी दिए ।

मङ्गलबार साँझ आगलागी भएको थियो । आगलागीबाट ३२ घर, १७ गाई, २३ गोरु र ३० बाख्रा जलेर नष्ट भएका छन् । विपत् प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगे पनि विकट भूगोल र सुक्खा क्षेत्र भई पानीको अभाव हुँदा बस्ती पूर्णरूपले खरानी भएको प्रहरीले जनाएको छ । रासस

jackson ribon