birat ribon

एभर्टन र लेइस्टरले अङ्क बाँडे

Neuro
एभर्टन र लेइस्टरले अङ्क बाँडे

विराटनगर । इङ्ग्लिस प्रिमियर लिगमा एभर्टन र लेइस्टर सिटीले अङ्क बाँडेका छन् । बुधबार राति भएको खेलमा १–१ गोलको बराबरी खेल्दै एभर्टन र लेइस्टरले अङ्क बाँडेका हुन् ।

Padelux insider
cura insider

एभर्टनको मैदानमा जेम्स रोड्रिग्वेजले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । ३०औं मिनेटमा रोड्रिग्वेजले गोल गरेका थिए ।

Image

६७औं मिनेटमा युरी टाइलेमान्सले गोल गरेपछि लेइस्टर बराबरीमा फर्कियो । र, बाँकी समय गोल नहुँदा खेल बराबरीमा रोकियो ।

यससँगै तेस्रो स्थानको लेइस्टरले २० खेलमा ३९ अङ्क जोडेको छ । एभर्टन भने ३३ अङ्कसहित सातौं स्थानमा छ ।

jackson ribon