birat ribon

विवाहको प्रलोभन देखाई भारततर्फ लैजााँदै-गरिएकी युवतीको उद्धार

Neuro
विवाहको प्रलोभन देखाई भारततर्फ लैजााँदै-गरिएकी युवतीको उद्धार

लौकही/ विवाहको प्रलोभन देखाई भारततर्फ लैजााँदैगरिएकी युवतीको उद्धार गरिएको छ । सुनसरीको कोसी गाउँपालिका–१ स्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले बुधबार एक युवतीको उद्धार गरेको हो ।

Padelux insider
cura insider

विवाहको प्रलोभन देखाई भारतमा बेचबिखन गर्न लैजाँदै गर्दा सशस्त्र प्रहरी वल बिओपी लौकहीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले बुधबार युवतीको उद्धार गरेको हो ।

ललाईफकाई भारततर्फ लैजाँदै गर्दा बुधबार धादिङ जिल्ला थाक्रे गाउँपालिका–१० बस्ने ध्रुव बर्तौलाकी १७ वर्षीया छोरी रोशनी बर्तौलाको कोसी गाउँपालिका–१ पुरीटोलको सीमा क्षेत्रबाट उद्धार गरेको बिओपी लौकही इन्स्पेक्टर अरुण पाण्डेले जानकारी दिए ।

ती युवतीलाई भारततर्फ बेचबिखन गर्ने उद्देश्यले लान खोज्ने भारत अररिया जिल्ला बसमतिया पञ्चायत–९ भैरवगञ्ज बस्ने २१ वर्षीय मुस्तफालाई नियन्त्रणमा लिएको उनले बताए । बेचबिखन गर्ने उद्देश्यले लाँदै गर्दा ती युवतीको सीमा क्षेत्रबाट उद्धार गरी आवश्यक कानुनी कारबाहीका लागि उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाएको इन्स्पेक्टर पाण्डेले जानकारी दिए ।

jackson ribon