birat ribon

निर्वाचनमा प्रचण्ड–नेपाल समूहको दस सिट पनि आउँदैन : प्रधानमन्त्री ओली

Neuro
निर्वाचनमा प्रचण्ड–नेपाल समूहको दस सिट पनि आउँदैन : प्रधानमन्त्री ओली

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल पक्षको दस सिट पनि नजित्ने दाबी गरेका छन् । बुधबार आफू निकट आदिबासी जनजाती महासङ्घ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव पक्षको दस सिट पनि नआउने दाबी गरेका हुन् ।

Padelux insider
cura insider

प्रचण्ड–माधव पक्ष सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो हिँडेको टिप्पणी गर्दै उनले जनताले उक्त पक्षलाई कहिल्यै माफ नगर्ने बताए । बैसाख २७ गतेसम्म पुग्दा प्रचण्ड–माधव पक्ष बरफ पग्लिए जसरी पग्लिएर सकिने पनि बताए ।

प्रधानमन्त्री ओलीले आधिकारिक पार्टी आफूहरूको भएको बताए । विगतमा पार्टी र सरकार चलाउन नदिई खुट्टा तानिएको भन्दै उनले आगामी दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठीक ढङ्गले चलाई पार्टीलाई एकढिक्का बनाई अघि बढाउने पनि बताए ।

jackson ribon