birat ribon

विराटमा मुटु तथा मृगौलासम्बन्धी एकदिने स्वास्थ्य शिविर हुने

Neuro
विराटमा मुटु तथा मृगौलासम्बन्धी एकदिने स्वास्थ्य शिविर हुने

विराटनगर / विराटनगरमा मुटु तथा मृगौलासम्बन्धी एक दिने स्वास्थ्य शिविर हुने भएको छ । विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले सञ्चालन गर्न लागेको एक दिने स्वास्थ्य शिविर भोलि (बिहीबार) हुने भएको हो ।

Padelux insider
cura insider

अस्पतालमै हुन लागेको एक दिने स्वास्थ्य शिविरका लागि दिल्लीबाट दुई वरिष्ठ चिकित्सकको उपस्थिति रहने भएको छ । गुरगावँको फोर्टिस मेमोरियल अस्पतालका मुटुरोग विशेषज्ञ डाक्टर रोहित गोयल र नेफ्रोलोजिस्ट तथा ट्रान्सप्लान्ट फिजिसियन डाक्टर प्रथा कर्माकारद्वारा स्वास्थ्य शिविरमा सेवा प्रदान हुने भएको छ ।

स्वास्थ्य शिविरमा विशेषगरी मुटु तथा मृगौला रोगसम्बन्धी विशेष जाँच गरिने बताइएको छ । शिविरमा इको, इसिजीका कार्डियोलोजि प्याकेज तथा आरएफ्टी, सुगर र पिसाबको जाँचलगायत नेप्रोलोजी प्याकेजसहितको उपचार सेवा रहनेछ ।

एक दिने स्वास्थ्य शिविरमा कार्डियोलोजी प्याकेज तथा नेफ्रोलोजी प्याकेज दुई हजार पाँच सय रुपैयाँमा उपलब्ध हुने अस्पतालले जनाएको छ ।

jackson ribon