birat ribon

नेपालमै डायमन्ड परीक्षण प्रयोगशाला निर्माण गरिने

Neuro
नेपालमै डायमन्ड परीक्षण प्रयोगशाला निर्माण गरिने

काठमाडौँ/नेपाल रत्न तथा आभूषण सङ्घले डायमण्ड परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्ने भएको छ । नेपालमा जेम्स ल्याब नभएका कारण डायमण्ड परीक्षणका लागि विदेश पठाउनुपर्ने स्थितिलाई अन्त्य गर्ने उद्देश्यले सङ्घले नेपालमै जेम्स ल्याब स्थापना गर्न लागेको हो ।

Padelux insider
cura insider

बुधबार पत्रकार सम्मेलन आयोजना गरी सङ्घकी अध्यक्ष ज्योत्सना श्रेष्ठले आउँदो तीन महिनाभित्र जेम्स ल्याब स्थापना गरी सञ्चालनमा ल्याउने बताइन् । ‘अहिले नेपालमा डायमण्ड परीक्षण गर्ने ल्याब नहुँदा त्यसको गुणस्तर पहिचानमा समस्या हुँदै आएको छ,’ श्रेष्ठले भनिन्, ‘त्यसैले सङ्घले आफ्नै लगानीमा परीक्षण मेसिन खरिद गरी ल्याब स्थापना गर्न लागेको हो ।’

प्रयोगशाला स्थापना भएपछि नेपालमा रहेको माइनिङको सम्भावनालाई उपयोग गर्दै यसको प्रशोधन र निकासीका माध्यमले देशको अर्थतन्त्र तथा व्यापारघाटा कम गर्न योगदान पु¥याउने विश्वास सङ्घले लिएको छ । यसबाहेक डायमण्डका गरगहना निर्माणका लागि तालिम सेन्टर पनि सञ्चालन गर्ने सङ्घले जनाएको छ ।

यस्तै सङ्घले जेम्स एन्ड ज्वेलरी क्षेत्रलाई निर्यातमूलक उद्योगका रूपमा विकास गर्न र सोहीअनुसार मान्यता तथा सुविधाका लागि नीतिगत व्यवस्था निर्माण गर्न सरकार र व्यवसायीबीच सहजीकरण गर्नेभएको छ ।

jackson ribon