birat ribon

पिएम कप : पुलिसमाथि जित निकाल्दै एपिएफ फाइनलमा

Neuro
पिएम कप : पुलिसमाथि जित निकाल्दै एपिएफ फाइनलमा

काठमाडौं, विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३० रनले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो ।

Padelux insider
cura insider

टियु क्रिकेट मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा एपिएफ क्लबले दिएको दुई सय चार रनको लक्ष्य पछ्याएको पुलिसले ४९ दशमलव दुई ओभरमा अलआउट हुँदै एक सय ७३ रन मात्र बनाउन सक्यो ।

पुलिसका पवन सर्राफले ४० रन जोडे भने रसिद खानले ३४ तथा दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाए ।
एपिएफका कार्कीले ४ विकेट एवम् कमल ऐरी, अविनाश बोहरा र शरद भेषवाकरले २–२ विकेट लिए ।

त्यसअघि एपिएफले नौ विकेट गुमाएर दुई सय तीन रन बनाएको थियो । जसमा शङ्कर रानाले ४४ रन बनाउँदा भुवन कार्कीको ४२ रन तथा सन्दीप जोराले ३४ रन बनाए ।

प्रहरीका तर्फबाट आरिफ शेखले ३ विकेट लिए भने ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिएका थिए ।

अब, एपिएफले शनिबार फाइनलमा बिहीबारको त्रिभुवन सैनिक क्लब र वाग्मती प्रदेशबीचको सेमीफाइनल खेलको विजेतासँग खेल्ने छ । प्रतियोगितामा विजयी टोलीले १० लाख र उपविजेताले पाँच लाख पुरस्कार पाउने छन् ।

jackson ribon