विराटनगर । देशभर बुधबार तीन दुई सय ८३ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थप दुई सय ८३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ७० हजार तीन सय ७५ पुगेको छ ।
नेपालमा आज थप दुई सय ४६ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६५ हजार ६९ पुगेको छ ।
हाल तीन हजार दुई सय ८६जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । मङ्गलबार थप तीन जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार २० पुगेको छ ।