birat ribon

युनाइटेडलाई शीर्ष स्थानमा फर्किने मौका

Neuro
युनाइटेडलाई शीर्ष स्थानमा फर्किने मौका

विराटनगर । इङ्ग्लिस प्रिमियर लिगमा आज सर्वाधिक धेरै पटकको विजेता टोली म्यानचेस्टर युनाइटेडले शेफिल्ड युनाइटेडसँग खेल्दैछ । नेपाली समयानुसार राति २ बजेबाट हुने यो खेल युनाइटेडको घरेलु मैदानमा हुनेछ ।

Padelux insider
cura insider

ओल्ड ट्राफोर्डमा युनाइटेड शीर्ष स्थानमा फर्किने दाउमो हुनेछ । हाल ऊ ४० अङ्कका साथ दोस्रो स्थानमा छ । उसले १९ खेल खेलेको छ । ऊभन्दा एक अङ्क बढी भएको म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ । शेफिल्ड भने पाँच अङ्कका साथ तालिकाको पुछारमा छ ।

यस्तै आजको अर्को खेलमा चेल्सी र वुल्भ्सले खेल्दैछन् । यो खेल राति ११ः४५ बजे चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा हुनेछ । चेल्सी २९ अङ्कसहित दसौं स्थानमा छ भने २२ अङ्क भएको वुल्भ्स चौधौं स्थानमा छ ।

यसैगरी १७औं स्थानको ब्राइटनले तेस्रो स्थानको लेइस्टर सिटीको सामना गर्दैछ ।

jackson ribon