birat ribon

विराटनगरको पहिलो जित, कुसुमको ह्याट्रिक

Neuro
विराटनगरको पहिलो जित, कुसुमको ह्याट्रिक

काठमाडौं । मोरङको विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित निकालेको छ । बुधबार दिउँसो भएको खेलमा विराटनगरले रौतहटको चन्द्रपुर नगरपालिकामाथि ५–१ गोलान्तरको फराकिलो जित निकालेको हो ।

Padelux insider
cura insider

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा कुसुम खतिवडाले ह्याट्रिक गर्दा अनु राई र सरीता शेर्पाले समान एक–एक गोल गरिन् ।

खेलको १२औं मिनेटमा कुसुमले गोल गर्दै विराटनगरलाई सुरुआती अग्रता दिलाएकी थिइन् । यस्तै ३२औं मिनेटमा अनु राईले गोल गरेपछि विराटनगरले पहिलो हाफभरि २–० गोलको अग्रता बनाएको थियो ।

खेलको ६३औं मिनेटमा सरीताले गोल गर्दै विराटनगरको अग्रता तेब्बर बनाउँदा ६८औं मिनेटमा कुसुमले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता अझ फराकिलो बनाइन् ।

७०औं मिनेटमा कुसुमले गोल गर्दै ह्याट्रिक गरिन् । र, विराटनगरलाई ५-० गोलको जित दिलाइन् ।

यससँगै विराटनगर पहिलो जित निकालेको छ । यसअघि उसले वालिङसँग १ं–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा एपिएफसँग ७–० गोलको हार ब्यहोरेको थियो । उसले तीन खेलमा चार अङ्क जोडेको छ ।

यता, चन्द्रपुरसँग भने तीन अङ्क छ । उसले पहिलो खेलमा एपिएफ क्लबसँग ६–० ले हार ब्यहोरेको थियो । दोस्रो खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७–१ गोलान्तरले हराएको थियो ।

jackson ribon