birat ribon

सुरु भयो वामदेव गौतमको पार्टी एकता अभियान

Neuro
सुरु भयो वामदेव गौतमको पार्टी एकता अभियान

काठमाडौँ/नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले एकता राष्ट्रिय अभियान घोषणा गरेका छन् । बुधबार ललितपुरको धोबिघाटमा कार्यक्रम गरी उपाध्यक्ष गौतमले विभाजित नेकपालाई एकता गराउनका निम्ति नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गरेका हुन् ।

Padelux insider
cura insider

नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष र केपी शर्मा ओली पक्षमा राजनीतिक रूपमा विभाजित भए पनि गौतम भने तटस्थ बस्दै आएका छन् । आफू एकताको पक्षमा रहेको सार्वजनिक अभिव्यक्ति दिँदै आएका गौतमले बुधबारदेखि औपचारिक रूपमै एकता अभियान घोषणा गरेका हुन् । उपाध्यक्ष गौतमले पार्टी विभाजनको पक्षमा कोही नभएको भन्दै शक्ति निर्माण गरेर दुई पार्टीलाई एक बनाइछाड्ने प्रतिबद्धता व्यक्त गरे ।

शीर्ष नेताहरू विभाजित भए पनि पार्टीका दोस्रो र तेस्रो तहका नेताहरू एकता भङुग भएकोमा चिन्तित रहेको भन्दै उनले आफूले संयोजन गरेर दोस्रो, तेस्रो तहका नेताहरूलाई अघि बढाउने बताए । ६ महिनाभित्र पार्टी एकता गराइछाड्न उपाध्यक्ष गौतमको दाबी थियो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको पक्षमा फैसला गरे पनि आफूहरूले उक्त फैसलालाई शिरोधार्य गर्ने उनको भनाइ छ । वैशाखमा चुनाव भए राम्रो उम्मेदवार छानेर भोट हाल्ने भन्दै संसद् पुनस्र्थापना भयो भने पार्टी एकीकरण गराउन समयसमेत प्राप्त हुने उनले बताए । प्रतिनिधिसभा पुनस्र्थापना भए पार्टी एकता जोगाउन सकिने उनको धारणा थियो ।

उपाध्यक्ष गौतमले नेकपा विभाजन गर्न अध्यक्षद्वय ओली र प्रचण्डको उत्तिकै भूमिका रहेको आरोप लगाए । पार्टी एकताको महत्त्वपूर्ण आधार नै आलोपालो भएको भन्दै गौतमले २०७५ मंसिर ४ गते अध्यक्ष प्रचण्डलाई कार्यकारी भूमिका दिएपछि पार्टी एकता गर्दाको सहमतिअनुसार आलोपालो प्रधानमन्त्री प्रचण्डले छाड्नु नै पार्टी विभाजनको सुरुवात भएको बताए ।

jackson ribon