birat ribon

महिला लिग : विराटनगरकी कुसुम खतिवडाको ह्याट्रिक

Neuro
महिला लिग : विराटनगरकी कुसुम खतिवडाको ह्याट्रिक

विराटनगर । काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबलमा मोरङको विराटनगर महानगरपालिकाले रौतहटको चन्द्रपुर नगरपालिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।

Padelux insider
cura insider

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा विराटनगरकी कुसुम खतिवडाले ह्याट्रिक गोल गरेकी छन् । खेलको १२औं मिनेटमा गोल गर्दै विराटनगरलाई सुरुआती अग्रता दिलाएकी कुसुमले ६८औं मिनेट र ७०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् ।

यस खेलमा विराटनगर पहिलो जितको खोजीमा छ भने चन्द्रपुर दोस्रो जितको खोजीमा छ । यसअघि उसले वालिङसँग १ं–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा एपिएफसँग ७–० गोलको हार ब्यहोरेको थियो ।

jackson ribon