birat ribon

सेमिफाइनल पुग्ने युभेन्टसको लक्ष्य

Neuro
सेमिफाइनल पुग्ने युभेन्टसको लक्ष्य

विराटनगर । इटालियन कोपा इटालियमा आज सर्वाधिक धेरै पटकको उपाधि विजेता युभेन्टसले एसपिएएलसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल नेपाली समयानुसार राति १ः३० बजे युभेन्टसको मैदानमा हुनेछ ।

Padelux insider
cura insider

युभेन्टस स्टेडियममा दुवै टोली एक–अर्कामाथिको जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउने दाउमा छन् । यसअघि युभेन्टसले जेनोआलाई हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो भने एसपिएएलले सासुलोमाथि जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो ।

युभेन्टस सर्वाधिक धेरै १३ पटकको विजेता टोली हो ।

आज युभेन्टस र एएसपिएएलबाहेक अटलान्टा र लाजियोले पनि एक–अर्काविरुद्ध खेल्दैछन् । राति १०ः३० बजे हुने यो खेल अटलान्टाको मैदानमा हुँदैछ ।

jackson ribon