birat ribon

विराटनगरमा ६० हजार समर्थक उतार्ने प्रचण्ड–माधव समूहको तयारी

Neuro
विराटनगरमा ६० हजार समर्थक उतार्ने प्रचण्ड–माधव समूहको तयारी

विराटनगर/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले विराटनगरमा ६० हजार समर्थक उतार्ने तयारी गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले शुक्रबार ६० हजार समर्थक उतार्ने तयारी गरेको हो ।

Padelux insider
cura insider

नेकपा प्रदेश १ इञ्चार्ज भीम आचार्यले प्रतिगमनको विरोधमा विराटनगरमा विशाल जनप्रदर्शन गर्ने बताए । प्रदर्शनलाई सम्बोधन गर्न नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड आउने उनले बताए ।

विराटनगर महेन्द्र चोकमा कोणसभा गर्ने तयारीमा रहेको प्रचण्ड–माधव समूहले कोणसभाअघि विराटनगरमा ¥याली निकाल्ने बताएको छ ।

jackson ribon