birat ribon

सेनिटरी प्याड आयातमा सेटिङ, कच्चापदार्थ भन्दै तयारी बस्तु आयात

Neuro
सेनिटरी प्याड आयातमा सेटिङ, कच्चापदार्थ भन्दै तयारी बस्तु आयात

विराटनगर/भारतबाट भन्सार मूल्याङ्कन कम गरी सेनिटरी प्याड नेपाल भित्रिने गरेको पाइएको छ । विराटनगरमा सञ्चालनमा रहेका सेनिटरी प्याड उद्योगहरुले विराटनगर भन्सार कार्यालय हुँदै कच्चापदार्थको भन्सार दररेटमा तयारी सामग्री ल्याउने गरेको पाइएको हो ।

Padelux insider
cura insider

भन्सार जाँचमा कच्चापदार्थ उल्लेख गर्दै आयात गर्दा उद्योगलाई तोकिएको भन्सार महसुलको २० प्रतिशत मात्रै राजस्व तिरे पुग्छ ।

तयारी सेनिटरी प्याड विदेशबाट आयात गर्दा प्रतिगोटा भन्सार दर चारदेखि छ रुपैयाँ तोकेको छ । तर कच्चपदार्थको भन्सार दर एक रुपैयाँ २५ पैसादेखि एक रुपैयाँ २७ पैसा प्रतिगोटा कायम गरी आयात हुन्छ ।

नेपालमा भारत र चीनबाट तयारी सेनिटरी प्याड भित्रने गर्छ । तयारी सामग्रीलाई कच्चा देखाउँदा फाइदा हुने भएपछि उद्योगीले आयात गरिरहेको स्रोतको दाबी छ ।

नेपाल ओभरसिज मार्केटिङ कम्पनीले मेमी पोको प्याक ब्रान्डको नाममा डाइपर आयात गर्दै आएका छन् भने एलेक्स ट्रेडलिङ्क नेसनलले हगिज, युनाइटेड डिस्ट्रिब्युटर नेपालले विस्पर र पेम्पर्स, जस्मिन हाइजिन प्रालिले सेफ्टी र सन्वी ड्रेडर्सले हिमालय ब्रान्डका डाइपर बिक्री गर्दै आएका छन् ।

भारतको मध्यप्रदेशको इन्दोर सहरमा रहेको एके इन्टरप्राइजेजबाट विराटनगरको जस्मिन हाइजिङ्क प्रडक्ट प्रालिले तयारी सेनिटरी प्याड आयात गर्दै आएको स्रोतको दाबी छ । अन्य उद्योगले भारत र चीनबाट तयारी बस्तु आयात गर्छन् ।

उद्योगले भारतबाट आयात गर्दा अधिकांश तयारी सामग्रीलाई कच्चापदार्थ देखाएर आयात गर्ने गरेको विराटनगर भन्सार कार्यालय स्रोतको दाबी छ । विराटनगरमा प्याकिङ गरी नेपालको आन्तरिक बजार र भारतमा समेत प्याड निर्यात हुने गर्छ । भारत निकासी गर्नेमा पुनित सारडाले सञ्चालन गर्ने जस्मिन हाइजिन कम्पनी अग्रस्थानमा छ ।

विराटनगर भन्सार कार्यालय रानीका अनुसार आर्थिक वर्षको पुस मसान्तसम्म दुई करोड ९३ लाख ४३ हजार छ सय तीन थान सेनिटरी प्याड आयात भएको छ । जसका कारण राज्यकोषमा १३ करोड ९३ लाख, ८२ हजार एक सय १४ रुपैयाँ भन्सार राजस्व गुमेको छ । सो अवधिमा दुई करोड ६१ लाख ४३ हजारमात्रै राजस्व सङ्कलन भएको भन्सारको तथ्याङ्क छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ३० लाख ९२ हजार पाँच सय ४० युनिट स्यानिटरी प्याड, न्यापकिन आयात भएको थियो । ती बस्तुबाट ७१ लाख ८९ हजार रुपैयाँमात्र राजस्व सङ्कलन भएको कार्यालयको तथ्याङ्क छ । भन्सार मूल्याङ्कन कम भएका कारण व्यापारीले एक्कासी आयात बढाएको भन्सार तथ्याङ्कले देखाउँछ ।

यसरी तयारी सिनेटरी प्याड आयातमा भएको भन्सार छलीकै कारण बजारमा नाफा बढी हुने भएपछि उद्योगहरुले आयातमा जोड गरेको पाइन्छ ।

यता, भन्सार कार्यालयका प्रमुख शिवप्रसाद भण्डारीको सहमतिमा आयात हुँदै आएको स्रोतले बताइरहँदा भण्डारीले भने मूल्याङ्कन सही भएको दाबी गरेका छन् । भन्सार मूल्याङ्कन कम भएको गुनासो आफूलाई नआएको बताउँदै उनले भने, ‘मलाई कहीँबाट गुनासो आएको छैन ।’

jackson ribon