काठमाडौं । मोरङको विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा अहिले रौतहटको चन्द्रपुर नगरपालिकासँग प्रतिस्पर्धा गरिरहेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफमा विराटनगरले २–० गोलको अग्रता बनाएको छ ।
खेलको १२औं मिनेटमा कुसुम खतिवडाले गोल गर्दै विराटनगरलाई सुरुआती अग्रता दिलाइन् । यस्तै ३२औं मिनेटमा अनु राईले गोल गरेपछि विराटनगरले पहिलो हाफभरि २–० गोलको अग्रता बनाएको हो ।
यस खेलमा विराटनगर पहिलो जितको खोजीमा छ भने चन्द्रपुर दोस्रो जितको खोजीमा छ । यसअघि उसले वालिङसँग १ं–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा एपिएफसँग ७–० गोलको हार ब्यहोरेको थियो ।
चन्द्रपुरले भने पहिलो खेलमा एपिएफ क्लबसँग ६–० ले हार ब्यहोरेको थियो । दोस्रो खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७–१ गोलान्तरले हराएको थियो ।