birat ribon

माइतीघरमा नेकपा प्रचण्ड–माधव पक्षको धर्ना

Neuro
माइतीघरमा नेकपा प्रचण्ड–माधव पक्षको धर्ना

काठमाडौँ/नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा धर्ना कार्यक्रम गरेको छ ।

Padelux insider
cura insider

बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका विघटित प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेशसभा सदस्यहरुले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेका हुन् ।

नेकपा प्रचण्ड–माधव पक्षकी स्थायी कमिटी सदस्य तथा विघटित प्रतिनिधिसभा सदस्य पम्फा भुसालले असंवैधानिक रुपमा संसद् विघटन गरी देशलाई प्रतिगमनतर्फ फर्काउने उल्टो कदम सच्याउनका निम्ति धर्ना बसेको बताइन् । संविधान, सङ्घीयता, गणतन्त्र र जनमतको रक्षाका निम्ति धर्ना बसेको उनको भनाइ छ ।

विघटित प्रतिनिधिसभाका सदस्य हरिबोल गजुरेलले जनताले आफ्नो प्रतिनिधिमार्फत् बनाएको संविधानमाथि हस्तक्षेप भएको हुँदा आमजनता धर्नामा बस्नुपर्ने आवश्यकता रहेको बताए । संविधानको रक्षा गर्न र जनतालाई संविधानको रक्षाको निम्ति आउने विश्वासका साथ धर्नामा बसेको उनको भनाइ छ ।

नेकपा प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनकोविभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । बुधबारदेखि सुरु भएको यस धर्ना शनिबारबाहेक २१ गतेसम्म प्रत्येक दिन २ घण्टा बस्ने बताइएको छ ।

jackson ribon