birat ribon

‘खोप लगाएपछि केही असर देखिएन’

Neuro
‘खोप लगाएपछि केही असर देखिएन’

काठमाडौँ/नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

Padelux insider
cura insider

आजदेखि कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा उपचारमा पहिलो घेरामा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीहरुका लागि खोप लगाउन सुरु गरिएको हो ।

काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट सुरु भएको खोप लगाउने अभियान देशैभर सञ्चालन भएको छ । १० दिनसम्म सञ्चालन हुने यो अभियानमा करिब चार लाख ५० हजार जनाले खोप लगाउन पाउनेछन् ।

पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मीहरुले खोप सुरक्षित रहेको भन्दै सबैलाई निश्चिन्त भएर खोप लगाउन आग्रह गरेका छन् । पहिलो खोप लगाएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारी, डा. अनुप बास्तोला र जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाले खोप लगाएपछि आफूहरुलाई केही पनि असर नदेखिएको भन्दै सुरक्षित भएर खोप लगाउन आग्रह गरे ।

jackson ribon