birat ribon

स्वास्थ्य चौकी प्रमुखलाई इटहरीमा पहिलो कोरोनाविरुद्धको खोप

Neuro
स्वास्थ्य चौकी प्रमुखलाई इटहरीमा पहिलो कोरोनाविरुद्धको खोप

विराटनगर/इटहरीमा कोभिडविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

Padelux insider
cura insider

इटहरीमा पहिलो खोप पकली स्वास्थ्य चौकी प्रमुख हरि गौतमलाई लगाइएको छ ।

इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले एक कार्यक्रमबीच इटहरी अस्पतालमा खोप अभियानको शुभारम्भ गरे । खोप अभियान सुरुवात गर्दै चौधरीले पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मीलाई खोप दिइने बताए ।

उपप्रमुख लक्ष्मी गौतमले स्वास्थ्यकर्मीलाई सुरक्षित बनाउन सके उनीहरुले अरुलाई सुरक्षित बनाउने भएकाले स्वास्थ्यकर्मीबाट खोप अभियान सुरु गरिएको वताइन् । वडा नम्बर ९ का वडाध्यक्ष भूपेन्द्र बरालले यति चाँडै खोप अभियान सुरु भएकोमा खुसी व्यक्त गरे ।

jackson ribon