birat ribon

तीन हजार नौ सय ३० लाई पहिलो चरणको कोरोना खोप

Neuro
तीन हजार नौ सय ३० लाई पहिलो चरणको कोरोना खोप

सिरहा/सिरहाका तीन हजार नौ सय ३० जनालाई कोरोना भाइरसविरुद्ध खोप लगाइने भएको छ । पहिलो चरणमा कोरोना भाइरसविरुद्ध अग्रमोर्चामा रहेर कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सरसफाइकर्मी, कारागारका कैदीबन्दी, एम्बुलेन्स चालक र शववाहनका चालकलाई खोप लगाइने सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले बताए ।

खोप विभागबाट आइसकेको र जिल्ला अस्पतालमा भण्डारण गरी राखिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । सिरहा अस्पतालको हाताभित्र तीनवटा बुथ स्थापना गरी बिहान ११ बजेदेखि खोप लगाउन सुरु गरिने उनको जनाए ।

cura insider
jackson ribon