birat ribon

विराटनगरमा कोरोना खोप अभियान सुरु

Neuro
विराटनगरमा कोरोना खोप अभियान सुरु

विराटनगर/विराटनगरका दुई चिकित्सकलाई खोप लगाएर बुधबार प्रदेश १ मा कोरोनाविरुद्ध खोप अभियान सुरु गरिएको छ ।

Padelux insider
cura insider

पहिलो पटक कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास र फिजिसियन डा. दीपक सिग्देलले खोप लगाए ।

खोप लगाएपछि डाक्टर सिग्देलले जनतामा खोपका बारेमा भएको डर हटाउनका लागि आफैँ अगाडि सरेर लगाएको बताए ।

प्रदेश १ मा ३५ हजारलाई खोप दिइने तयारी छ । फ्रन्टलाइनरका लागि खोप प्रदान गर्न २३ वटा खोप केन्द्र तोकिएको छ । मोरङमा चारवटा चोकिएको छ ।

कोसी अस्पताल, विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज र जिल्ला अस्पताल रङ्गेलीलाई खोप केन्द्र तोकिएको हो । अन्य जिल्लाका जिल्ला अस्पतालहरुलाई खोप केन्द्र तोकिएको छ ।

jackson ribon