birat ribon

आजबाट कोरोना खोप अभियान : प्रदेश १ मा २३ खोप केन्द्र

Neuro
आजबाट कोरोना खोप अभियान : प्रदेश १ मा २३ खोप केन्द्र

विराटनगर । नेपालमा कोरोना विरुद्धको खोप अभियान आजबाट सुरु भएको छ ।

Padelux insider
cura insider

कोरोनाविरुद्धको अभियानमा खटिएका फ्रन्टलाइन मार्फत खोप अभियान सुरु भएको हो ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई खोप दिइनेछ ।

आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा खोप अभियानको सुभारम्भ गर्नेछन् । प्रदेश १ मा कोसी अस्पताल विराटनगरबाट मुख्यमन्त्री शेरधन राईले अभियानको सुभारम्भ गर्नेछन् ।

प्रदेश १ मा ३५ हजारलाई खोप दिइने तयारी छ । फ्रन्टलाइनरका लागि खोप प्रदान गर्न २३ वटा खोप केन्द्र तोकिएको छ । मोरङमा चारवटा चोकिएको छ ।

कोशी अस्पताल, विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज र जिल्ला अस्पताल रंगेलीलाई खोप केन्द्र तोकिएको हो । अन्य जिल्लाका जिल्ला अस्पतालहरुलाई खोप केन्द्र तोकिएको छ ।

jackson ribon