birat ribon

रहेनन् डा. लक्सम्बा

Neuro
रहेनन् डा. लक्सम्बा

काठमाडौँ/ताप्लेजुङ सिकैँचामा स्थायी घर भई लामो समयसम्म बेलायतमा रहँदै आएका प्राज्ञिक व्यक्तित्व तथा भूपू गोर्खा सैनिक प्रा.डा. चन्द्र लक्सम्बाको बेलायतको फार्नबरोस्थित फ्रिम्ली अस्पतालमा निधन भएको छ । कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा मस्तिष्कघातबाट मृत्यु भएको उनका सहकर्मी डा. कृष्ण अधिकारीले जानकारी दिए ।

Padelux insider
cura insider

कोरोना सङ्क्रमणका कारण उनी यही माघ ५ गतेदेखि अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा अचानक मस्तिष्कघात भएपछि उनको भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो ।
गोर्खा सैनिकबाट अवकास भएपछि करिब दुई वर्ष अक्सफोर्ड विश्वविद्यालयमा अनुसन्धान सहायकका रूपमा काम गरेका ५९ वर्षीय लक्सम्बाले सन् २००६ देखि २००९ सम्म नेपाल अध्ययन केन्द्र, युकेले गरेको बेलायतमा बस्ने नेपालीहरूको गणना परियोजनाको संयोजकका रूपमा काम गरेका थिए ।

पछिल्लो समय उनी नेपाल फर्केर खुला विश्वविद्यालयमा प्राध्यापकका रूपमा काम गर्दै आएका थिए । राजनीतिकरूपमा पनि सक्रिय डा. लक्सम्बा विसं २०३६ सालमा अस्कल क्याम्पस स्ववियुको सभापतिमा निर्वाचित भएका थिए ।

ब्रिटिश गोर्खामा भर्ना भई १९ वर्षपछि अवकास भएका उनलाई नेपाल सरकारले गत वर्ष लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको सदस्य पदमा नियुक्त गरेको थियो । स्वर्गीय लक्सम्बाका श्रीमती र दुई छोरा छन् । रासस

jackson ribon