birat ribon

टुचेल चेल्सीको प्रशिक्षकमा नियुक्त

Neuro
टुचेल चेल्सीको प्रशिक्षकमा नियुक्त

विराटनगर । इङ्ग्लिस क्लब चेल्सीले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डको स्थानमा पिएसजीका पूर्वप्रशिक्षक थोमस टुचेललाई नियुक्त गरेको छ । चेल्सीले बुधबार टुचेललाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको पुष्टि गरेको छ ।

Padelux insider
cura insider

प्रिमियर लिगमा खराब प्रदर्शन गरेको भन्दै सोमबार चेल्सीले लाम्पार्डलाई बर्खास्त गरेको हो । ४२ वर्षीय लाम्पार्डलाई १८ महिनामा नै चेल्सीले पदबाट हटाएको हो । उनले अघिल्लो सिजन चेल्सीलाई शीर्ष चारमा रहन महत्त्वपूर्ण भूमिका निभाएका थिए ।

पूर्व–खेलाडीसमेत रहेका लाम्पार्डको स्थानमा चेल्सीले टुचेललाई ल्याएको हो । पिएसजीबाट बर्खास्त भएपछि कामविहीन टुचेलले चेल्सीको प्रशिक्षक बन्न पाउँदा खुशी लागेको बताए ।

जर्मन प्रशिक्षक टुचेलले पिएसजीलाई दुई पटक लिगको उपाधि दिलाएका थिए । पिएसजीलाई फ्रेन्च कप र फ्रेन्च लिग कपसमेत जिताएका उनी त्यसअघि जर्मन बोरुसिया डर्टमुण्ड र मैन्जको टिमको प्रशिक्षक थिए ।

jackson ribon