birat ribon

प्रिमियर लिग : युनाइटेडलाई उछिन्दै सिटी शीर्ष स्थानमा

Neuro
प्रिमियर लिग : युनाइटेडलाई उछिन्दै सिटी शीर्ष स्थानमा

विराटनगर । म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । मङ्गलबार राति भएको खेलमा वेस्ट ब्रोममाथि ५–० गोलान्तरको फराकिलो जित निकाल्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।

Padelux insider
cura insider

ब्रोमको मैदानमा सिटीलाई जिताउन इल्के गुन्डोगानले दुई गोल गर्दा जाओ क्यान्सेलो, रियाद महरेज र रहीम स्टर्लिङले समान एक–एक गोल गरे ।

खेलको छैटौं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । २०औं मिनेटमा क्यान्सेलोले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । ३०औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई तेब्बर अग्रता बनाए ।

Image

पहिलो हाफको इन्ज्युरी समयमा रियाद महरेजले र ५७औं मिनेटमा स्टर्लिङले गोल गरेपछि सिटीले ५–० गोलान्तरको फराकिलो जित निकालेको हो ।

यससँगै सिटीले म्यानचेस्टर युनाइटेडलाई उछिन्दै शीर्ष स्थान बनायो । सिटीले १९ खेलमा ४१ अङ्क जोडेको छ । समान खेल खेलको युनाइटेड ४० अङ्कका साथ दोस्रो स्थानमा छ ।

पराजित ब्रोम भने ११ अङ्कसहित १९औं स्थानमा छ ।

jackson ribon