birat ribon

आर्सनलको सहज जित

Neuro
आर्सनलको सहज जित

विराटनगर । इङ्ग्लिस प्रिमियर लिगमा आर्सनलले सहज जित दर्ता गरेको छ । मङ्गलबार राति भएको खेलमा आर्सनलले साउथह्याम्पटनलाई ३–१ गोलले हराएको हो ।

Padelux insider
cura insider

साउथह्याम्पटनको मैदानमा घरेलु टोलीले बनाएको अग्रता उल्टाउँदै आर्सनलले जित निकालेको हो । खेलको तेस्रो मिनेटमा स्टुआर्ट आर्मस्टोङले गोल गर्दै साउथह्याम्पटनलाई सुरुआती अग्रता दिलाएका थिए ।

Image

आठौं मिनेटमा निकोलास पेपेले गोल गर्दै आर्सनललाई बराबरीमा फर्काए । ३९औं मिनेटमा बुकायो साकाले गोल गरेपछि आर्सनलले अग्रता बनायो ।

७२औं मिनेटमा एलेक्जान्द्रे लाकाजेट्टेले गोल गर्दै आर्सनललाई सहज जित दिलाए ।

जितसँगै आर्सनल आठौं स्थानमा उक्लिएको छ । उसले २० खेलमा ३० अङ्क जोडेको छ । साउथह्याम्पटन भने २९ अङ्कका साथ ११औं स्थानमा छ ।

Cedric makes a block against Southampton

jackson ribon