पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल– नेपाल समूहका स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले पाथीभराको कोखबाट जन्मिएकाले आफू सधैँ सत्यको बाटामा हिँड्ने बताएका छन् ।
मङ्गलबार नेकपा पाँचथर जिल्ला कमिटीले फिदिममा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षणमा भट्टराईले प्रतिनिधिसभा पुनःस्थापना भएरै छाड्ने जिकिर गरे ।
केपी शर्मा ओलीले विसं २०७४ को निर्वाचनमा ताप्लेजुङ आएर मत मागे पनि अहिले उनले प्रतिनिधिसभा विघटन गरेर गरेकाले समर्थन गर्न नसकिएको स्पष्ट गरे ।