birat ribon

‘आई एम ट्वान्टी वान’को छायाङ्कन अन्तिम चरणमा

Neuro
‘आई एम ट्वान्टी वान’को छायाङ्कन अन्तिम चरणमा

विराटनगर । रेनशा राइको निर्देशन रहेको फिल्म ‘आई एम ट्वान्टी वान’को छायाङ्कन अन्तिम चरणमा पुगेको छ । फिल्मको छायाङ्कन कात्तिक १ गतेबाट सुरु भएको थियो ।

Padelux insider
cura insider

डान्सरको कथामा बनिरहेको फिल्मको छायाङ्कन काठमाडौँ, धरान, पाटनलगायतका स्थानमा गरिएको छ । फिल्ममा धिरज मगर र जसिता गुरुङको मुख्य भूमिकामा छन् ।

आइकोर फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्मको छायाङ्कन अब दुई सातामा सकिने निर्माण टिमले बताएको छ । फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।

jackson ribon