birat ribon

संसद् पुनर्स्थापनाको माग राख्दै सडकमा उत्रिन जरुरी छैन : अर्थमन्त्री पौडेल

Neuro
संसद् पुनर्स्थापनाको माग राख्दै सडकमा उत्रिन जरुरी छैन : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक ताजा जनादेशका लागि अग्रसर भइसकेकोले संसद् पुनर्स्थापनाको माग राख्दै सडकमा आउन जरुरी नरहेको बताएका छन् ।

Padelux insider
cura insider

नेपाल प्रेस सङ्गठन रुपन्देहीले मङ्गलबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव पौडेलले भने, ‘निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुन्छ । अब प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन ।’

प्रतिनिधिसभा पुनःस्थापनाको कुनै सम्भावना नरहेकाले अब निर्वाचनतर्फ आफ्ना प्रयास केन्द्रित गर्नुपर्ने उनको भनाइ छ । उनले आन्दोलन छोडेर निर्वाचनको तयारीमा लाग्न प्रचण्ड समूहलाई आग्रहसमेत गरे ।

सरकार निर्वाचनका लागि स्रोत व्यवस्थापनमा लागेको बताउँदै मन्त्री पौडेलले अन्य दलहरू पनि निर्वाचन केन्द्रित भइसकेको उल्लेख गरे । निर्वाचनसँग सम्बन्धित काम गर्नका लागि अदालतले नरोकेको स्पष्ट पार्दै उनले निर्वाचनको तयारी र अदालतको फैसलालाई तुलना गर्नु नपर्ने धारणा राखे ।

jackson ribon